काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गरेका हुन् ।
चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गरेको १८ थान अक्सिजन सिलिण्डर प्रदान गरेका चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
कार्कीले आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गरेका छन् । “मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु”, उनले भने ।
