काठमाडौँ । चीन सरकारको अनुदान सहयोगमा उपलब्ध अक्सिजन सिलिण्डरको दोस्रो खेप चाँडै नेपाल आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यानछिले आज सामाजिक सञ्जाल ट्विटरमार्फत् दोस्रो खेपको स्वास्थ्य सामग्री छिट्टै काठमाडौँ आइपुग्ने जनाएकी हुन् ।
दोस्रो खेपमा आउने भनिएकाे सिलिण्डरको फाेटाे सार्वजनिक गरे पनि उनले त्यसकाे संख्या र काठमाडाैँ पुग्ने मिति भने खुलाएकी छैनन् । चीनले पहिलो खेपमा दिएको चार सय सिलिण्डर, १० थान भेन्टिलेटर र १६० थान अक्सिजन कन्सन्ट्रेटर केही दिनअगाडि नेपाल वायुसेवा निगमको जहाजले बेइजिङबाट काठमाडौँ ल्याएको थियो ।

The second batch of oxygen cylinders donated by China will be arriving in Kathmandu in the next few days! ✈️✈️ pic.twitter.com/0w3wi4arK9
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 14, 2021
