प्रधानमन्त्रीमा दाबी गर्न कुनै दल आएनन्ः राष्ट्रपतिको कार्यालय

काठमाडौं । राष्ट्रपतिको कार्यालयले तोकिएको समयमा सीमाभित्र कुनै पनि दलले प्रधानमन्त्रीमा दाबी गर्न नआएको जनाएको छ । सोमबार दिएको तीन दिनको म्याद आज राति ९ बजे सकिएपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले निर्धारित समयमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित कसैले दाबी पेश नगरेको बताएका छन् ।

वैशाख २७ गते कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकारको दाबी गर्दै राष्ट्रपतिलाई प्रक्रिया अघि बढाउने बताएका थिए तर उनीहरुले नै आजसम्म सरकारका लागि बहुमत जुटाउन असफल भएपछि फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *