काठमाडौं ३ गोलले अगाडि

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)को दोस्रो क्वालिफायरमा काठमाडौंले तीन गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले ललितपुर एफसीमाथि ३-० गोलको अग्रता लिएको हो ।

दोस्रो हाफको ६० औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३-० गोलको अग्रता दिलाएका हुन् । यसअघि काठमाडौंले पहिलो हाफमा दुई गोल गरेको थियो । पहिलो हाफको १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई शुरुवाती अग्रता दिलाएका थिए । विपक्षी खेलाडी कमल श्रेष्ठले पेनाल्टी क्षेत्रमा मेसौकेलाई लडाएपछि रेफ्री प्रज्जवल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी दिएका थिए । २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंको अग्रता दोब्बर बनाए । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।

आजको खेल जित्ने टोलीले फाइनल खेलमा धनगढी एफसीको सामना गर्नेछ । धनगढीले पहिलो क्वालिफायरलाई काठमाडौं रेजर्सलाई २-१ हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो । फाइनल खेल जेठ १ गते हुनेछ ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *