हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंककातर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट तुलसीप्रसाद गौतमले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दुई बैंकबीच कर्मचारी समायोजन, सफ्टवेयर कुन बैंकको चलाउने भन्ने विषयमा भने छलफल भएको छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मूल्यांकन गराउने र जुन बैंकको उपयुक्त हुन्छ, त्यसलाइ नै अगाडि बढाउने अनौपचारिक सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *