काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रैस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै पार्टी स्थायी समिति बैठक बोलाएका छन् । बैठक अहिले ५ बजे पार्टी कार्यालयमा बोलाइएको हो ।
बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आज राति ९ बजे सकिँदैछ । त्यसअघि दलहरु आन्तिरिक र अन्तर पार्टी छलफलमा जुटेका छन् ।
