ठोस प्रस्ताव विनाको संवादको अर्थ छैनः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्न नहुने बताएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालीबीच वार्ता भइरहेका बेला बिहीबार सामाजिक संजालमार्फत झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ नहुने बताएकी हुन् ।

उनले जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प बिद्रोह भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *