काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकतावद्ध बनाउने वातावरण निर्माण गरेको बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकको निर्णयपछि सामाजिक संजालमार्फत विष्टले यस निर्णयले पार्टीलाई एकतावद्ध बनाउने वातावरण सृजना भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक छ ।’
बिहीबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र डा. भीम रावलमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
