बुढानिलकण्ठमा ओली र नेपाल भेटवार्तामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीच काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा भेटवार्ता सुरू भएको हो ।

नेकपा एमालेको आज बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएको थियो । त्यसपछि दुई नेताबीच भेटवार्ता भएको हो । नेपाल पक्षले ओली २०७५ जेठ दुईमा फर्किनु पर्ने बताउँदै आएको छ ।

यदि ओली जेठ दुईमा फर्किन तयार नभए आजै सामूहिक राजीनामा दिने भन्दै साढे चार बजेसम्मको अल्टिमेटम दिएको छ । यसअघि नेपाल पक्षलाई उपेक्षा गर्दै आएका ओली सत्ताबाट हट्नुपर्ने भएपछि नेपाल पक्षका नेताको कारबाही फिर्ता गरी वार्तामा बसेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *