सरकार गठनका लागि दलहरुको दौडधुप तीव्र, देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेलगत्तै देउवाले निवासमै अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।

राष्ट्रपतिले दिएको समय सकिन लागेका बेला सरकार गठनको गृहकार्यमा दलहरुको दौडधुप तीव्र छ । प्रधानमन्त्री केपी शर्माले संसदमा विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *