घरेलु मैदानमा चेल्सी पराजित

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा चेल्सीले हार बेहोरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले आर्सनलसँग १-० गोलको हार बेहोरेको हो ।

स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा आर्सनललाई जित दिलाउन इमिले स्मिथ-रोएले एक गोल गरे । इम्ले स्मिथले पहिलो हाफको १६ औं मिनेटमा अबमियाङको पासलाई सदुपयोग गर्दै गरेको गोलनै आर्सनलको जितमा निर्णायक बन्यो ।

जितसँगै आर्सनल ३६ खेलबाट ५५ अङ्क जोड्दै लिगको आठौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी समान खेलबाट ६४ अङ्कको साथ चौथो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *