युनाइटेड लेस्चरसँग पराजित

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा लेस्चर सिटीसँग २-१ गोलले पराजित हुदै युनाइटेडले सहरी प्रतिद्वन्दी म्यान्चेस्टर सिटीलाई लिग सुम्पिएको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा लेस्चरलाई जित दिलाउन लुके थोमस र सोयुन्चुले एक/एक गोल गरे । युनाइटेडको लागि ग्रिनवुडले एक गोल फर्काए । खेलको दसौं मिनेटमा टेलेमानसको पासमा लुके थोमसले गोल गर्दै लेस्चरलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा अमादको पासमा मासोन ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।

६६ औं मिनेटमा अल्ब्रिटनको पासमा सोयुन्चुले गोल गर्दै लेस्चर सिटीलाई खेलमा अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लेस्चर सिटी २-१ गोलले विजयी भएको हो । जितसँगै लेस्चर ३६ खेलबाट ६६ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ३५ खेलबाट ७० अङ्कको साथ दोस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *