काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमालेका वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भई केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईंको मंगलबार साँझ निधन भएको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिए ।
उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पारिवारिक स्राेतका अनुसार अक्सिजनकै अभावमा उनकाे निधन भएकाे हाे ।
