विशालको गोलमा धनगढीलाई अग्रता

प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) को पहिलो प्लेअफ खेलको अतिरिक्त समयमा धनगढी एफसीले खेलमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा विशाल राईले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका हुन् । विशालले अतिरिक्त समयको १ सय ७ औं विशालले गोल गर्दै धनगढीलाई २-१ गोलको अग्रता दिलाएका हुन् । यसअघि ७५ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता लिएको थियो । मेसौकेको क्रसमा तेज तामाङले हेडिङ गोल गर्दै काठमाडौंलाई खेलमा अगाडि बढाएका थिए ।

तर ७८ औं मिनेटमा निशानको कर्नर क्रसमा गोलरक्षक विकेश कुथुले राम्रोसँग क्लियर गर्न नसकेको बलमा पूजन उपरकोटीले ओभरहेड गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको हो ।

आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरमा मौका पाउनेछ । भोली हुने दोस्रो प्लेअफको विजेताले एलिमिनेटरमा पहिलो प्लेअफ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि भिड्नेछ । दोस्रो प्लेअफमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । फाइनल खेल जेठ १ गते हुनेछ ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *