देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौंः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश, जनता र पार्टीप्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न आग्रह गरेका छन् ।

सोमबार राति विज्ञप्ति जारी गरी वरिष्ठ नेता नेपालले विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गरेका हुन् ।

नेता नेपालले ओलीका गलत क्रियाकलापहरुको विरोध, प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप आफूहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *