काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सोमबार बिहान बसेको नेपाल पक्षको बैठकले आजको संसद बैठकमा नजाने निर्णय गरेको उपाध्यक्ष डा. भीम रावलले जानकारी दिए ।बैठकले सांसद पदबाट तत्काल राजीनामा नदिने निर्णय गरेको छ ।
विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले विश्वासको मत नदिने निर्णय गरेको र उनलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको रावलले जानकारी दिए ।
नेपाल पक्षमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्
