USAID

प्रिमियर लिगमा लिभरपुल विजयी

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले जित हात पारेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याप्टनलाई २-० गोलले हराउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवित राखेको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने र थिएगो अल्कान्टाराले एक/एक गोल गरे । ३१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा अगाडि बढाएका थिए । ९० औं मिनेटमा फर्मिन्होको पासमा थिएगोले गोल गर्दै लिभरपुललाई २-० गोलको जित दिलाए ।

जितसँगै लिभरपुल ३४ खेलबाट ५७ अङ्क जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याप्टन समान खेलबाट ३७ अङ्कको साथ १६ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *