लिड्ससँग टोटेन्हाम पराजित

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा टोटेन्हाम हट्सपर पराजित भएको छ । शनिबार भएको खेलमा टोटेन्हामले लिड्स युनाइटेडसँग ३-१ गोलको हार बेहोरेको हो । हारसँगै टोटेन्हामको च्याम्पियन्स लिग खेल्ने सम्भावनापनि लगभग सकिएको छ ।

एल्यान्ड रोडमा भएको खेलमा लिड्स युनाइटेडलाई जित दिलाउन स्टुआर्ट डाल्ल्स, प्याट्रिक बामफोर्ड र रोड्रिगोले एक/एक गोल गरे । टोटेन्हामको लागि ह्युङ मिन सनले गरेको गोल सान्तवनामा सिमित रह्यो । पहिलो हाफको १३ औं मिनेटमा डाल्लसले गोल गर्दै लिड्सलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा डेली अलीको पासमा सनले गोल गर्दै टोटेन्हामलाई बराबरीमा ल्याए ।

तर ४२ औं मिनेटमा एलिओस्कीको पासमा बामफोर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाए । ८४ औं मिनेटमा राफिन्हाको पासमा रोड्रिगोले गोल गर्दै लिड्सलाई ३-१ गोलको शानदार जित दिलाए ।

जितसँगै लिड्स युनाइटेड ३५ खेलबाट ५० अङ्क जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ । पराजित टोटेन्हाम ३५ खेलबाट ५६ अङ्कको साथ छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *