वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

उनले पाँच सय शय्याबाट सुरु हुने र पछि विस्तार गरिने बताए । यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *