थप ८२८७ जनामा कोरोना संक्रमण, ५३ को मृत्यु, ३३७० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८२८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८५८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३७० जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २९८७६५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३२ पुगेको छ । क्वारेन्टाइनमा ३९८ जना छन् भने आइसोलेसनमा ८३४९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *