USAID

प्रधानमन्त्रीज्यू, आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीको यो भयावह अवस्थामासमेत सरकारले कुनै काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

शनिबार सामाजिक संजालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनको समस्या छैन भनेर प्रचार गरेपनि काठमाडौंकै अस्पतालमा अक्सिजन नहुनु दुःखको कुरा भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन,सिलिन्डरको कमी हो, भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदैथियो । अहिले काठमाडौँ बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पूनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन् । आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *