प्रधानमन्त्री ओलीको घृणित राजनीतिले देश संकटग्रस्तः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत रावलले विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको आरोप लगाएका हुन् ।

रावलले लेखेका छन्, ‘प्रधानमन्त्री केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’

बुधबार प्रधानमन्त्री ओलीले कांग्रेस शीर्ष नेताहरुलाई भेटेर विश्वासको मत दिन सहयोग मागेका थिए । तर कांग्रेसले विश्वासको मत दिन नसक्ने ओलीलाई जवाफ दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *