USAID

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन ४ लाख १२ हजारलाई संक्रमण

कोरोना भाइरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । योसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

यस्तै, भारतमा एकैदिन ३ हजार ९ सय ८२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ ।

हालसम्म भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ । हालसम्म भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *