खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको राष्ट्रपति मतियार हुनु लोकतन्त्रको दुर्भाग्यः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्म विपरित भएको बताएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न सात वटा अध्यादेश जारी गरेपछि सामाजिक संजालमार्फत थापाले यो संविधानको मर्म विपरित भएको बताएका हुन् । उनले खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य भएको भन्दै अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न माग गरेका छन् ।

थापाले भनेका छन्, ‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ । राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *