USAID

च्याम्पियन्स लिगमा आज म्यान्चेस्टर सिटी र पिएसजी भिड्दै


प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने सेमिफाइनलको दोस्रो लेगमा म्यान्चेस्टर सिटी र पिएसजी भिड्दैछन् । इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आजको खेलमा दुवै टोली सकारात्मक नतिजा निकाल्दै फाइनल प्रवेश गर्न चाहन्छन् । दुई टोलीबिच भएको पहिलो लेगमा म्यान्चेस्टर सिटी २-१ गोलले विजयी भएको थियो । आज घरेलु मैदानमा हुने खेलमा सिटीलाई फाइनल प्रवेशको लागि बराबरीको नतिजा पर्याप्त रहनेछ । यस्तै १-० गोलको हारलेपनि सिटी अवे गोलको आधारमा फाइनल प्रवेश गर्नेछ । सिटीले आफ्नो पछिल्लो ४ खेलमा जित निकालेको छ ।

यता पिएसजीलाई भने आजको खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ । पिएसजीलाई फाइनल प्रवेशको लागि आजको खेलमा कम्तीमा २-० गोलको जितको आवश्यकता रहेको छ । पिएसजीले आफ्नो पछिल्लो ५ खेलमा ४ जित र १ हारको नतिजा निकालेको छ ।

दुई टोलीबिच भएको पछिल्लो ३ खेल मध्य २ खेल सिटीले जितेको छ भने १ खेल बराबरीमा सकिएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *