एनएसएलमा आज बुटवल र काठमाडौं भिड्दै

प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लिगको एकमात्र अपराजित टोली हो । बुटवल आजको खेल जित्दै लिगको शिर्ष स्थानमा उक्लिन चाहन्छ । हाल बुटवल ३ खेलबाट ५ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।

यता काठमाडौंपनि आजको खेल जित्दै शिर्ष स्थानको विराटनगरसँग अङ्क बराबरी गर्न चाहन्छ । पछिल्लो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको काठमाडौं आजको खेल जित्ने लक्ष्य साथ मैदान उत्रिनेछ । हाल काठमाडौं ३ खेलबाट ४ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *