विराटनगरको दोस्रो जित, चितवन पराजित

प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा विराटनगर सिटी एफसीले दोस्रो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा विराटनगरले एफसी चितवनलाई २-० गोलले पराजित गरेको हो ।

विराटनगरलाई जित दिलाउन पेड्रो मान्जी र सन्तोष तामाङले एक/एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । ७३ औं मिनेटमा पेड्रोले गोल गर्दै चितवनलाई शुरुवाती अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा सन्तोष तामाङले दोस्रो गोल गर्दै विराटनगरलाई २-० गोलको जित दिलाए ।

जितसँगै विराटनगर ४ खेलबाट ७ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिगमा जितविहिन रहेको चितवन २ अङ्कको साथ पुछारमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *