लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्न चार दलको अपील

बुटवल । लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपील गरेका छन् ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपील गरेका हुन् ।

अहिलेको सरकार अवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभर मुख्यमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्न आम जनसमुदायमा अपील गरेको हो । चार दलले मुख्यमन्त्री अल्पमत परेको दावीसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले एमाले नेता शंकर पोखरेलले किर्ते हस्ताक्षर प्रयोग गरि मुख्यमन्त्री बनेको र सरकार धेरै दिन टिक्न नसक्ने दावी गरे ।

यसैबीच, चार दलको बैठकले नेकपा एमाले परित्याग गरि सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डेलाई राष्ट्रियसभाको चुनावमा उठाउने निर्णय गरेको छ । पाण्डे हिजो राजीनामा दिएका पाण्डेय आज नेपाली कांग्रेसमा प्रदेश गरेका थिए । कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित उनलाई अब राष्ट्रियसभामा उठाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *