कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । ज्वरो र जिउ दुखाई बढेपछि आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गराएकोमा आज बिहान रिपोर्ट आएको उनले बताएका छन् ।

शर्माले सामाजिक संजालमार्फत भनेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डा. मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ– सजग बनौं !’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *