ला लिगामा बार्सिलोना विजयी

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोलले पराजित गर्दै उपाधि जित्ने आशा जिवितै राखेको हो ।

इस्टेडियो डि मेस्टल्लामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई र एन्टोइन ग्रिजमनले एक गोल गरे । भ्यालेन्सियाको लागि गाब्रियल पलिस्टा र कार्लोस सोलेरले एक/एक गोल गरेपनि जितको लागि पर्याप्त रहेन । सबै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको ५० औं मिनेटमा कार्लोस सोलेरको पासमा गाब्रियलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपनि रिबाउन्डमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । ६३ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाए ।

६९ औं मिनेटमा मेस्सीले फ्रिकिकमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । ८३ औं मिनेटमा ओलिभाको पासमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई ३-२ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोनाले खेल आफ्नो पक्षमा पर्यो ।

जितसँगै बार्सिलोना ३४ खेलबाट ७४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । पराजित भ्यालेन्सिया समान खेलबाट ३६ अङ्कको साथ १४ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *