इन्टर मिलानलाई सिरि ए को उपाधि

प्रज्जवल थापा । इन्टर मिलानले इटालियन लिग सिरि ए को उपाधि जितेको छ । आइतबार भएको खेलमा एटलान्टाले ससौलोसँग १-१ गोलको बराबरी खेलेपछि इन्टरले ११ वर्षपछि पहिलो पटक घरेलु लिगको उपाधि जितेको हो ।

पछिल्लोपटक इन्टरले सन् २००९/१० मा सिरि ए को उपाधि जितेको थियो । इन्टरले शनिबार भएको खेलमा क्रोटोनेलाई २-० गोलले हराएको थियो । हाल इन्टर ३४ खेलबाट ३४ खेलबाट ८२ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ ।

पछिल्लो ९ सिजन लिगमा एकछत्र राज गरेको युभेन्टसले भने यस सिजन आफ्नो लय भेट्टाउन सकेको छैन । हाल युभेन्टस च्याम्पियन्स लिगको स्थानको लागि प्रतिस्पर्धा गरिराखेको छ ।

https://twitter.com/Inter_en/status/1388868870728044547?s=20

Leave a Reply

Your email address will not be published. Required fields are marked *