गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशको कास्की र पर्वतका गरी ६ जनाको मृत्यु भएको हो ।

त्यसैगरी दाङका कोरोना संक्रमितको गण्डकी मेडिकल कलेज पोखरा र रुपन्देहीका कोरोना संक्रमितको मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *