बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।
आइतवार बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका थिए । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।
वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका ४१ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर जसपाका ४ सांसद मन्त्री बनेर सरकारमा सहभागी भएका थिए ।