लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा पोखरेलले राजीनामा दिएका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *