खनालको उपचारमा यथेष्ठ ध्यान दिइयोस्ः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना संक्रमण भई अस्पतालमा उपचाररत पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।  सामाजिक संजालमार्फत वरिष्ठ नेता नेपालले खनालको उपचारमा यथेष्ठ ध्यान दिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु ।’ कोरोना संक्रमण पुष्टि भएसँगै खनाललाई शनिबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *