विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजारको मृत्यु

विश्वमा एकैदिन आठ लाख ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा आठ लाख ८६ हजार २ सय ७६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा हालसम्म संक्रमितको संख्या १५ करोड १९ लाख ९४ हजार ५७४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार १ सय ५९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३१ लाख ९३ हजार बढी पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ करोड ९२ लाख ६४ हजार बढी निको भइसकेका छन् भने विश्वभर हाल सक्रिय संक्रमित एक करोड ९५ लाख ३६ हजार रहेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ५८ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ७७२ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा ३ करोड ३१ लाख २ हजार भन्दाबढी संक्रमित भएका छन् । यस्तै, ५ लाख ९० हजार बढीको मृत्यु भएको छ । यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *