कसैप्रति लक्षित निर्णय गर्दा व्यापारमा पुनः संरचना असम्भवः डब्ल्यूटीओ प्रमुख

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखले विश्वका कुनै पनि मुलुकलाई लक्षित गरी हुने निर्णयले विश्व व्यापार क्षेत्रमा पुनः संरचना असम्भव हुने धारणा राखेका छन् ।

अन्य अन्तर्राष्ट्रिय शक्तिको चीन लक्षित निर्णयको सामना गर्नु नपरेको खण्डमा विश्वव्यापी व्यापार सुधारमा चीनबाट सहयोग हुने बढी सम्भावना रहेको उनले बताएका हुन् । चीनजस्तो शक्तिशाली राज्यको स्वामित्वमा रहेका उद्यमहरूकाबारेमा संयुक्त राज्य अमेरिका, युरोपियन संघ र जापानले चिन्ता व्यक्त गर्दै विश्व अर्थतन्त्र बिग्रेको अवस्थामा औद्योगिक छुटमा रोक लगाउन जोड गरिरहेका छन् । तर चीन यसको पक्षमा देखिन्न ।

उनीहरूको प्रस्ताव पारित हुन चीनसहित डब्ल्यूटीओका १६४ सदस्यहरूको सर्वसम्मतिमा अनुमोदन चाहिन्छ । उनीहरूको तर्क छ कि चीनले अब विकासोन्मुख देशहरूका लागि दिइने सुविधाको फाइदा लिनु हुँदैन किनकि यो क्रमशः विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ ।

गत सोमबार युरोपेली संघले आयोजना गरेको कन्फ्रेन्समा डब्ल्यूटीओका महानिर्देशक नोगोजी ओकोन्जो–इभिलाले भने, “मैले चीनसँग गरेको सम्झौता एकदमै रचनात्मक भएको छ र मलाई लाग्छ कि यदि हामीले त्यस्ता औद्योगिक अनुदानबाट आएको नकारात्मक ‘स्पिलओभर’को बारेमा तथ्यलाई टेबुलमा राख्यौं र त्यसलाई चीनसँग समन्वय ग¥यौं भने उनीहरू त्यो हेर्न इच्छुक हुनेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *