थप ४८ सय ९७ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ काे परीक्षण गर्दा ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ संक्रमित देखिएका हुन् ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २ हजार ३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४ सय ६४ गरेर उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार २११ पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *