केही नेतामा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। आजको लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएको छ। यस्तो स्थितिमा कोरोनाको तीब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ।’

मंगलबार गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्य, सचिवालयका एक जना सदस्य, तीन जना सुरक्षा खटिएका कर्माचारीलाई कोरोना पुष्टि भएको छ । यसअघि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक पीसीआर परीक्षणपछिमात्र बस्ने भन्दै स्थगित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *