एनएसएलमा आज दुई खेल हुँदै

प्रज्जवल थापा । नेपालको पहिलो फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी भिड्नेछन् । खेल दिउँसो २:३० बजे शुरु हुनेछ ।

पहिलो खेलमा ललितपुरसँग बराबरीमा रोकिएको चितवन आजको खेल जित्दै लिगमा पहिलो जित निकाल्न चाहन्छ । भरत खवासको कप्तानीमा मैदान उत्रिने चितवन १ अङ्कको साथ पाँचौ स्थानमा रहेको छ । यता पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० गोलको पराजित गरेको बुटवल आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । हाल बुटबल लिगको दोस्रो स्थानमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा लिगको शिर्ष स्थानमा रहेको विराटनगर सिटी एफसीले पोखरा थन्डर्सको सामना गर्नेछ । खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० गोलले हराएको थियो भने पोखराले बुटवलसँग २-० गोलको हार चाखेको थियो । त्यसैले पोखरा आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एपिवान एचडीले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *