काठमाडौंमाथि धनगढीको शानदार जित

प्रज्जवल थापा । नेपाल सुपर लिग(एनएसएल) मा धनगढी फूटबल क्लबले शानदार जित निकालेको छ । मंगलबार बेलुकी भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोलले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले दुई गोल गर्दा टंक बस्नेतले एक गोल गरे । धनगढीले तीनै गोल पहिलो हाफमा गरेको हो । १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई खेलमा अगाडि बढाएका थिए । २३ औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयको पाँचौ मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा धनगढी विजयी भएको हो । जितसँगै धनगढी २ खेलबाट ३ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अङ्कनै जोडेको काठमाडौं चौथो स्थानमा झरेको छ ।

तस्बिर:- गोल नेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *