सर्वोच्चले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकका मुद्दा नहेर्ने

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण वैशाख १५ देखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकको मुद्दा नहेर्ने भएको छ ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत र न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारवाही सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधिकरणलाई मिलाउन निर्देशन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *