बैंकिङ कसूर मुद्दाका दुई फरार अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ चैतको फैसलाले दोषीठहर भई फरार रहेका बागलुङ घर भई काठमाडौँ बस्दै आएका नारायण आचार्यलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

उनलाई अदालतले १४ दिन कैद र २७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही फरार रहेको आचार्यलाई मंगलबार काठमाडौँको गुर्जुधाराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका उपनिर्देशक एवं प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

यस्तै उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी फरार रहेका काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुका कैलाशप्रसाद श्रेष्ठलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको सिआइबीले जनाएको छ । उनलाई अदालतले सात दिन कैद र ३० लाख जरिवाना हुने ठहर गरेको थियो । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *