USAID

पूर्वराजदम्तीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार


काठमाडौं । कोरोनाभाइरसको संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ ।

नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गरी पूर्वराजा दम्पतीलाई नै अक्सिजन सपोर्टमा राखिएको जनाएको हो । शाह दम्पती गत शनिबार दिउँसो एक बजे अस्पताल भर्ना भएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाबाट संक्रमितहरूमा हुन सक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।

त्यस्तै, अस्पतालमै रहेकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई अक्सिजन सपोर्ट नदिइएको अस्पतालले जनाएको छ । उपचाररत उनीहरूको अवस्था सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *