USAID

पीसीआर परीक्षणको शुल्क तोकिए भन्दा बढी लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी


काठमाडौं । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिने पीसीआर परीक्षणको शुल्क बढी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले दुई हजार रुपैयाँ शुल्क तोकेको छ । मन्त्रालयले तोकिएको शुल्कमात्रै लिन र त्यसबाहेक थप शुल्क कुनै बहानामा पनि नलिन आग्रह गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *