USAID

मुलुकभरका सबै विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय


काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जाने लागेको भन्दै अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले सीसीएमसीको निर्णय पारित गरेको हो । त्यस्तै पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सरकारले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान बन्द नगर्ने भएको छ । यद्यपि नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने निर्णय गरिएकाे छ । अन्तर्राष्ट्रिय हवाइ उडान गर्ने कि नगर्ने भन्नेबारे मन्त्रिपरिषद् बैठकमा लामो बहसपछि अन्तिममा तत्काल बन्द नगर्ने तर यात्रुहरूमाथि कडाइ गरिने निर्णय गरिएको हो ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *