बेसार पानीको कथा महंगो साबित हुने प्रष्ट छः अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने बताएका छन् । सोमबार ट्वीट गर्दै अध्यक्ष राणाले बेसार पानीको मात्र कथा महंगो साबित हुने बताएका हुन् । भारतमा कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न उच्च सतर्कता अवलम्बन गर्नु पर्ने राणाको भनाइ छ ।

उनले भनेका छन्, ‘छिमेक भारतमा द्रुततर दरमा कोरोना संक्रमण बढेको विदितै छ । यसै क्रममा भारतमा कार्यरत धेरै कामदारहरु स्वदेश फर्किरहेको खबर छ । यस अवस्थामा सरकारले सिमाना अनुगमन गर्नेदेखि समयमै सबै सावधानी अपनाउनु जरुरी भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *