भारतमा दिनदिनै संक्रमणको नयाँ रेकर्ड, तीन लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि

भारतमा सोमबार लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या तीन लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ । यसअघि आइतबार ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८०६ जनाको मृत्यु भएको छ ।भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ रहेको छ

यस्तै, भारतको राजधानी नयाँदिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३५० जनाको मृत्यु भएको छ भने थप २२ हजार ९१३ जनामा नयाँ संक्रमित थपिएको छ। संक्रमण बढेपछि दिल्लीमा लकडाउन लम्ब्याइएको छ भने महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *