सुपर लिगमा आज ललितपुर र चितवन भिड्दै

प्रज्जवल थापा । नेपाल सुपर लिग(एनएसएल)मा आज ललितपुर सिटी फूटबल क्लब र फूटबल क्लब चितवन भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको ललितपुर आजको खेलमा पहिलो जितको खोजिमा हुनेछ । यता लिगको पहिलो खेल खेल्न लागेको चितवन आजको खेल जित्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ । ललितपुर अन्जन विष्टको कप्तानीमा मैदान उत्रिनेछ भने चितवनको कप्तानको जिम्मेवारी भरत खवासले समाल्नेछन् ।

हिजो भएको पहिलो खेलमा विराटनगरले धनगढीलाई ३-० गोलले पराजित गर्दा दोस्रो खेलमा बुटबल लुम्बिनीले पोखरालाई २-० गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *