भौतिक उपस्थिति हुने पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्वनिर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिएका छन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेका परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनदिनै ह्वात्तै बढ्न थालेपछि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *